अश्लील भिडिओ लिक भएपछि पूर्वमन्त्री खान तनावमा, भारतीय युवतीले ब्ल्याकमेलिङ गरेको आरोप – Nepal Press

अश्लील भिडिओ लिक भएपछि पूर्वमन्त्री खान तनावमा, भारतीय युवतीले ब्ल्याकमेलिङ गरेको आरोप

काठमाडौं । पूर्वमन्त्री तथा जनमत पार्टीका नेता अब्दुल खानको अश्लील भिडिओ लिक भएको छ । म्यासेन्जरमार्फत तीव्ररूपमा भिडिओ आदानप्रदान हुन थालेपछि खान तनावमा परेका छन् ।

लिक भएको भिडिओमा खानले कुनै महिलासँग भिडिओ च्याट गरेको देखिन्छ । भिडिओमा संवाद छैन र तर दुवैले एक-अर्कालाई आ-आफ्ना गोप्य अंगको दर्शन गराएका छन् । हालैमात्र मन्त्री पद गुमाएको पीडामा रहेका खानलाई यो भिडिओले अर्को तनाव थपिदिएको छ ।

खानले सार्वजनिक भएको भिडिओ आफ्नो भएको स्वीकारे, तर यसमा केही सम्पादन गरिएको उनको दाबी छ । खानका अनुसार उनलाई एकजना भारतीय केटीले फेसबुकमा रिक्वेस्ट पठाएकी थिइन् र उनीहरू साथी बनेका थिए । फेसबुकमा कुराकानी हुँदै जाँदा एक दिन ह्वाट्सएपमा भिडिओ कल आएको उनले बताए ।

‘सुरूमा त हामीले राजनीतिक कुरा नै गरेका थियौं । तर, पछि विस्तारै अश्लील चिजहरू देखाउन थालेपछि मैले भिडिओ बन्द गरेर ब्लक हानेँ,’ खानले दाबी गरे, ‘पछि त्यही भिडिओलाई सम्पादन गरेर मलाई पठायो र पैसा माग्न थाल्यो ।’

आफूले पैसा दिन नसक्ने बताएपछि आफ्नो फेसबुकका केही साथीहरूलाई सो भिडिओ पठाइएको उनले बताए ।

खानले थपे, ‘यो करिब ६ महिना पहिलाको कुरा हो । त्यतिबेला म सांसद पनि थिइनँ । साथीहरूसँग भएको भिडिओ डिलिट गर्न लगाएको थिएँ ।’

त्यसपछि उक्त काण्ड साम्य भए पनि केही दिनबाट फेरि भिडिओ फैलिन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । खानले अहिले आफू वकिलसँग रहेको र साइबर ब्यूरोमा उजुरी दिन लागेको बताए ।

तपाईंले पहिल्यै चिनेको केटी होइन त ? भन्ने प्रश्नमा उनले भने, ‘चिनेको होइन । फेसबुकमा कुरा हुँदाहुँदै यस्तो भएको हो । रिजा अग्रवाल भन्ने भारतीय केटी हो ।’

भारतकेन्द्रित एउटा सञ्जाल सामाजिक सञ्जालमा पुरुषहरूलाई भिडिओ ट्रयापमा पार्ने काममा सक्रिय छ । उनीहरू सुरूमा फेसबुकमा जोडिने, अनि ह्वाट्सएपमा बोलाएर भिडिओ कुराकानी गर्ने गर्छन् । सुरूमा आफूले संवेदनशील अंग देखाउने र त्यसपछि पुरुषलाई पनि उत्प्रेरित गर्ने उनीहरूको शैली हो । यदि कोही पुरुष भावुक भएर उसले भनेअनुसार गर्‍यो भने त्यसको स्क्रिन रेकर्ड गरेर ब्ल्याकमेलिङ गरिन्छ । निजको फेसबुकका साथीहरूलाई पठाउने धम्की दिएर पैसा माग्ने गरिएको छ । पूर्वमन्त्री खान यसमा सतर्क नहुँदा फँसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *