रवि लामिछाने भन्छन्- भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई नै जेल हाल्न खोजे (भिडिओ) – Nepal Press

रवि लामिछाने भन्छन्- भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई नै जेल हाल्न खोजे (भिडिओ)

चितवनमा पहिलाको भन्दा दोब्बर माहोल बन्ने दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताएका छन्।

चितवनमा चुनावी अभियानका क्रममा उनले भने, ‘सम्भवत: सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला। मलाई थाहा छ। मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्। ती उजुरीहरूको जवाफ म दिँदै जाउला। तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ। म अहिले एक्लै छैन १९ जना सांसद साथीहरू संसदमा हुनुहुन्छ। हामीलाई केही डर छैन।’

उनले पदमा पुगेर शक्ति आर्जन गरेर दुरुपयोग गर्ने कुनै योजना नभएको बताए। राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई केही पनि नगर्नेहरूले दुख दिइरहेको टिप्पणी गरे।

उनले भने, ‘आज केही हानी नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन्। हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु।’

उनले आफ्नो पक्षमा पहिलाको भन्दा डब्बल माहोल बनेर आएको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर