उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपत्ति – Nepal Press

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपत्ति

काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन्।

चैत्र २० गते विश्वहिन्दू सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दूधर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति विप्लवको आपत्ति भएको हो।

उनले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो हाम्रो देशको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावना माथि गरिएको ठाडो हस्तक्षेप हो । नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्ने कि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा छ । यति वेला नेपालको दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो । तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभई नयाँ जनवाद–वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन ।’

संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर