महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई १० देखि २० प्रतिशत सम्म छुट – Nepal Press

महालक्ष्मी विकास बैङ्कका ग्राहकलाई १० देखि २० प्रतिशत सम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट तथा श्रृङ्गारका क्षेत्रसँग समन्वय गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा १० देखि २० प्रतिशत सम्म छुट प्राप्त गर्ने उल्लेख गरिएको छ ।

बैंकका अनुसार ग्राहकले बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित ‘मिराकी होल्टिक वेलनेस रिट्रेट’ का सेवामा अधिकतम १५ प्रतिशत, ललितपुरमा अवस्थित ‘वर्गर साक’ का सेवामा अधिकतम १० प्रतिशत, बुटवल उपमहानगरपालिका, अमर पथमा अवस्थित ‘समृद्धि हेयर ड्रेसि सलोन एण्ड एकेडेमी’ का सेवामा अधिकतम २० प्रतिशत र भाटभटेनी टंगाल, काठमाडौंमा अवस्थित ‘छोटु युनिसेक सलुन’ का सेवामा २० प्रतिशतको छुट प्राप्त हुने जनाइएको छ ।

सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *