आज नेपाली महिला फुटबल टोली भियतनामसँग भिड्दै – Nepal Press

आज नेपाली महिला फुटबल टोली भियतनामसँग भिड्दै

काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल एशिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपालले बलियो प्रतिद्वन्द्वी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

फिफा वरीयतामा आफू भन्दामाथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ ।

जसका लागि नेपाल पहिलो खेलमै जित निकाल्न चाहन्छ । भियतनामले अस्ट्रेलिया र न्युजिल्याण्डमा आयोजना हुने २०२३ को महिला विश्वकप खेल्दैछ ।

फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा रहेको छ । नेपाल १०० औँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर