अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो – Nepal Press

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

बुधवार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि मङ्गलवार भने डलर २७ पैसाले बढेको थियो । बुधवार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि मङ्गलवार पनि उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधवार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६६ पैसाले बढेको हो । मङ्गलवार युरो एकको खरिद मूल्य १४२ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो।

बुधवार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ७७ पैसाले वृद्धि भएको हो । मङ्गलवार यसको खरिद मूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ २८ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, बुधवार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

बुधवार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि मङ्गलवार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।

उता, कुवेती दिनार एकको खरिदमा बुधवार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने  बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *