तनहुँ १ः कांग्रेसका भट्टराईले गरे उम्मेदवारी दर्ता – Nepal Press

तनहुँ १ः कांग्रेसका भट्टराईले गरे उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेसका नेता गोविन्द्र भट्टराईले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

भट्टराईले सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

यसअघि उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णीम वाग्लेले पनि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

गत मंसिरमा भएको निर्वाचनबाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त भएको हो । उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर