ह्याप्पी आवर्स योजनामा ग्लोबल आईएमईका ग्राहकले २० प्रतिशत क्यासब्याक पाउने – Nepal Press

ह्याप्पी आवर्स योजनामा ग्लोबल आईएमईका ग्राहकले २० प्रतिशत क्यासब्याक पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।

योजनाअनुसार बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । योजना यही चैत १९ देखि २०८० वैशाख १६ गतेसम्म कायम रहने जनाइएको छ ।

ग्राहकले दिनको पहिलो भुक्तानी तथा कारोबार प्रतिदिन एक कारोबारको मात्र क्यासब्याक प्राप्त गर्न बैंकले बताएको छ ।

मोबाइल बैंकिङ एप्लिकेशनलाई प्रवर्द्धन गर्न क्यासब्याक योजना सार्वजनिक गरेको बैंकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *