१२.९९ प्रतिशत व्याजदरमा आवास र व्यवसायिक कर्जा दिँदै महालक्ष्मी विकास बैंक – Nepal Press

१२.९९ प्रतिशत व्याजदरमा आवास र व्यवसायिक कर्जा दिँदै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्षमा घर खरिद तथा निर्माण गर्न आवास कर्जा र उद्यम गर्न व्यवसायिक कर्जा योजना ल्याएको छ ।

बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यवसायिक कर्जा प्रवाह गर्ने जनाएको छ । नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेसमेत बैंकले बताएको छ ।

बैंकले घरधनी वा व्यवसायधनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने र उक्त छुट सुविधा सीमित समयावधिका लागि रहेको जनाएको छ ।

आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार व्यवसायिक कर्जा योजनाअन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह, अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधा प्रदान गर्नेछ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *