भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ? – Nepal Press

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । नेपाल आयल निगमलाई भारतको इन्डियन आयल कर्पोरेसनले घटोको नयाँ मूल्यसूची पठाएको छ । अघिल्लो पटकम पयिछ ग्यास बाहेक सबैको मूल्य घटेर आएको थियो तर नेपालमा भने कुनै घटबढ गरिएको थिएन ।

यो पटक भने खाना पकाउने ग्यासको मूल्य पनि घटेर आएको नेपाल आएल निगमले जनाएको छ । एलपीजी ग्यासको खरिद दरमा यो पटक प्रति सिलिन्डर ८६ रुपैयाँ घटेर आएको छ। यस्तै पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल ६ रुपैयाँ ५९ पैसा र मट्टितेल प्रतिलिटर १० रुपैयाँ ९० पैसा घटेको छ ।

यस्तै, हवाइ इन्धन पनि ८ रुपैयाँ १२ पैसाले घटेको छ । यो घटेको मूल्य अनुसार निगम आगामी १५ दिनमा १ अर्ब ५० करोड रुपैयाँले नाफामा रहने प्रक्षेपण गरिएको छ । बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा भएको थियो ।

दोस्रोपटक पनि पेट्रोलियम पदार्थको मूल्य घटेर आएकाले नेपालमा पनि घट्ने सम्भावना रहेको निगम स्रोतले बताएको छ । यद्यपि व्यवस्थापनको बैठकले यो विषय टुङ्गो लगाउँने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *