गण्डकी उद्योग वाणिज्य संघद्वारा वरिष्ठ उपाध्यक्षमा अन्जनलाई समर्थन – Nepal Press

गण्डकी उद्योग वाणिज्य संघद्वारा वरिष्ठ उपाध्यक्षमा अन्जनलाई समर्थन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ ।

शनिबार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो । प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा बसेको पहिलो बैठकबाट उक्त निर्णय गरिएको समेत जनाइएको छ ।

कार्यक्रममा श्रेष्ठले उद्योगीको समस्या र चुनौतीलाई समाधान गर्न आफु लागिपर्ने बताए । साथै श्रेष्ठले भने ‘गण्डकी प्रदेशका उद्योगी साथीहरुले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु । उहाँहरुको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *