फ्रान्सलाई विश्वास छ चीनले मात्रै युक्रेनमा शान्ति दिलाउन सक्छ : सिएनएन – Nepal Press

फ्रान्सलाई विश्वास छ चीनले मात्रै युक्रेनमा शान्ति दिलाउन सक्छ : सिएनएन

काठमाडौं । अमेरिकी विश्व च्यानल सिएनएनले चीनले मात्रै युक्रेन शान्ति योजना ल्याउन सक्ने उल्लेख गरेको छ।

शुक्रवार फ्रान्सेली राष्ट्रपति कार्यालयको सूत्रसँग कुरा गर्दै सिएनएनले यस्तो समाचार गरेको छ।

‘बेइजिङको रुससँगको सामीप्यता खेल परिवर्तन गर्न लायक हुनेछ’, सिएनएनले फ्रान्सेली राष्ट्रपति कार्यालयको सूत्रलाई उद्धृत गरेको छ।

चीनले रुस-युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा गत फेब्रुअरी २४ मा १२ बुँदे शान्ति प्रस्ताव ल्याएको थियो। गत मार्च २० देखि २२ सम्म चिनियाँ राष्ट्रपति सी चीनफिङ रुसको राजकीय भ्रमणमा गएका थिए।

भ्रमणमा सिले चरण चरणमा पुटिनसँग औपचारिक र अनौपचारिक अनि गोप्य कुराकानी गरेका थिए।

सीसँग कुरा गरेपछि पुटिनले किभ र अमेरिका तयार भए आफू नि शान्तिको पक्षमा हुने बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *