बागमती प्रदेश : भागबन्डा मिलाउन गठित कार्यदलको बैठक सुरु – Nepal Press

बागमती प्रदेश : भागबन्डा मिलाउन गठित कार्यदलको बैठक सुरु

हेटौँडा । बागमती प्रदेश सरकारलाई पूर्णता गठन गरिएको ७ सदस्यीय कार्यदलको बैठक काठमाण्डौंमा सुरु भएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा निर्माण भएको कार्यदलले भागबन्डाको विषयमा निर्णय गर्न सक्ने नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बताए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज साँझसम्म मन्त्रिपरिषद्को बिस्तार गर्ने तयारी गरेसँगै कार्यदलको बैठक आयोजना भएको हो ।

कांग्रेसले आवश्यकता र औचित्यको आधारमा ६ वटा सिटमा दाबी गरेको र त्यसबाट ब्याक नहुने अडान राखेपछि बैठकमा सहमति हुन सकेको छैन ।

माओवादीले कांग्रेसलाई बढीमा पाँच मन्त्रालय दिन सकिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर