खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा
नेपाल प्रेस
२०७९ चैत १७ गते १४:५६
काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि उनले राजीनामा दिएका हुन् ।
उनले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाएका हुन् ।
जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उनले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगमन्त्री कांग्रेसलाई भाग दिएका छन् । कांग्रेसले रमेश रिजाललाई उद्योगमन्त्री बनाउने भएको छ ।
प्रतिक्रिया
One thought on “खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा”
Leave a Reply
सम्बन्धित खवर
कठै गणतन्त्र