उपनिर्वाचनका लागि आयोगले तीनै क्षेत्रमा तोक्यो मुख्य निर्वाचन अधिकृत – Nepal Press

उपनिर्वाचनका लागि आयोगले तीनै क्षेत्रमा तोक्यो मुख्य निर्वाचन अधिकृत

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा आज मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको प्रवक्ता शालिकग्राम शर्मा पौडेलले बताए ।

उनल अनुसार चितवन २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ १ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य रहेका छन् ।

उनले चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने बताए। उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर