प्रधानमन्त्रीसँग विश्वप्रकाशको आग्रह- सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिन सक्ने बनाउनुस् (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीसँग विश्वप्रकाशको आग्रह- सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिन सक्ने बनाउनुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् ।

बुधवार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताए । उनले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताए ।

उनले राज्यले, निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिन सक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । उनले देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने नभई समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको बताए ।

महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्दा अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए ।

उनले देश निराशाले नबन्ने भन्दै केही फूलहरूको खोजी गर्न आवश्यक रहेको बताए । उद्योगहरू विस्थापित हुनबाट रोक्न बैंकबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताए ।

महामन्त्री शर्माले जुत्ता उद्योगलाई बृहत्तर उद्योगको रूपमा बिस्तार गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर