पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप – Nepal Press

पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडा अध्यक्षमाथि कुटपिट गरेका छन् ।

तालबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरिएको हो । कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् । पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले बताए । सोक्रममा प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोगसमेत गरेको छ ।

उनले आफूमाथि कार्यलयमा हातपात भएको नेपाल प्रेसलाई बताए । वडाध्यक्ष पौड्यालले आफूलाई कुटपिट गर्नेविरुद्ध कारबाहीको माग गर्दै उर्लाबारी प्रहरी गुहारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर