अनेम संघको सातौँ राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र – Nepal Press

अनेम संघको सातौँ राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र

काठमाडौं । अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनका लागि अखिल नेपाल महिला संघ (अनेम संघ) तयारीमा जुटेको छ । चैत २५ र २६ गते सम्मेलनलाई साथ सम्पन्न गर्न गठन भएका उपसमितिहरू तीव्रताका साथ आफ्नो काममा लागेका छन् ।

आलोक नगरमा रहेको केन्द्रीय कार्यालयमा अहिले अनेमसंघका नेताहरू प्रतिनिधि छनौट, साप्ताहिक कार्यक्रम र प्रकाशनमा व्यस्त छन् । अनमसंघले विगत चार वर्षदेखि प्रकाशन गर्न नसकेको अभियानलाई समेत निरन्तरता दिएको छ ।

४ वर्ष रोकिएको अभियानको २०७९ सालको अंक प्रकाशन भएको छ । छैटौँ अंक प्रकाशनका लागि प्रचार तथा प्रकाशन उपससमितिले तयारी थालेको छ । त्यसका लागि केन्द्र, प्रदेश र जिल्लामा अनेमसंघले गरेका गतिविधि र प्रगति विवरण संकलन गर्न कार्य भइरहेको प्रचार तथा प्रकाशन उपसमितिका संयोजक शर्मिला कार्कीले बताइन् ।

यो वर्ष अनेमसंघले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनीलाई समेटेको पुस्तक महिला मुक्ति पनि प्रकाशन गरेको छ । अनेमसंघले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न लागि साप्ताहिक कार्यक्रमहरू सार्वजनिक गर्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर