अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो – Nepal Press

अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार मङ्गलवार अमेरिकी डलरको भाउ घटेको छ । सोमबार स्थिर रहेको डलर मङ्गलवार १८ पैसाले घटेको हो। आज यसको खरिददर १३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३२ रुपैयाँ १० पैसा कायम गरिएको छ । अघिल्लो दिन सोमबार उक्त डलरको खरिद मूल्य १३१ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २८ पैसा कायम गरिएको थियो । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलवार युरोपियन युरोमा १४ पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिद मूल्य १४१ रुपैयाँ ७० पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो । सोमबार भने ३९ पैसाले युरोको भाउ बढेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर मङ्गलवार १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिद मूल्य १६१ रुपैयाँ ६ पैसा र बिक्री मूल्य १६१ रुपैयाँ ८० पैसा कायम गरिएको थियो ।

उता, अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २५ पैसा छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८७ पैसामा कारोबार हुनेछ ।

यसैगरी  कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ४३० रुपैयाँ ९४ पैसामा कारोबार हुनेछ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३० पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *