पोखराको वन क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्वाचित – Nepal Press

पोखराको वन क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्वाचित

पोखरा । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका समीर कार्की निर्वाचित भएका छन् ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट कार्की सभापति निर्वाचित भएका हुन् । कार्की २ सय ९५ मत ल्याउदा नेपाल विद्यार्थी संघका मुबारक अलिले १ सय ३६ मत ल्याए ।

सचिवमा अखिल क्रान्तिकारीका धिराजन परियार निर्वाचित भएका छन् । उनले २ सय ७७ मत ल्याउँदा नेविसंघका कीर्तन पण्डितले १ सय ४९ मत पाए । कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भइन् ।

उनले २ सय ८२ र नेविसंघका कीर्ति कँडेलले १४७ मत पाइन् । सदस्यमा महादेवसिंह कुश्वाह, अनिसा आचार्य, दीपा कार्की, गरिमा गुरुङ र लोकराज थापा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर