अमेरिकी डलरको कारोबार स्थिर, युरोको भाउ बढ्यो – Nepal Press

अमेरिकी डलरको कारोबार स्थिर, युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम गरिएको छ । अघिल्लो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ३९ पैसाले बढेर युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ। आइतबार युरो एकको खरिद मूल्य १४१ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो। उक्त दिन एक रुपैयाँ पाँच पैसाले युरोको भाउमा ओरालो लागेको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर सोमबार १६१ रुपैयाँ ६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८० पैसा तोकिएको छ भने अघिल्लो दिन यसको खरिद मूल्य १६० रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १६१ रुपैयाँ ५३ पैसा कायम भएको थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८० पैसा र बिक्रीमा ९६ रुपैयाँ २३ पैसा रहेको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर सोमबार ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा,  युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा,  मलेसियन रिंगिट एकको खरिदमा सोमबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसामा कारोबार हुनेछ ।

कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ७९ पैसामा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ८८ पैसा तोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *