सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई बर्खास्त गर्ने तरुण दल सभापतिको चेतावनी – Nepal Press

सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्नेलाई बर्खास्त गर्ने तरुण दल सभापतिको चेतावनी

काठमाडौं । नेपाल तरुण दलका सभापति विद्धान गुरुङले पार्टी सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्न छुट कुनै पनि कार्यकर्तालाई नरहेको चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित तरुण दलको वृहत् भेलालाई सम्बोधन गर्दै गुरुङले तरुण दलमा आबद्ध हुने हरेक सदस्यले जिल्ला र केन्द्रका सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने छुट नरहेको बताए ।

गुरुङले आगामी दिनमा कुनै पनि तरुण दल सदस्य अनुशासनमा नरहे कसैलाई पनि स्पष्टीकरण नसोधी जिम्मेवारीबाट बर्खास्त गर्ने चेतावनी दिए ।

उनले काभ्रेमा उब्जेका तरकारी काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पुगेको भन्दै जन्य सामाग्रीहरू बजारमा फैलाउन तरुणहरूलाई अग्रसर हुन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर