रूपान्तरणको अभियानलाई दूर दराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

रूपान्तरणको अभियानलाई दूर दराजमा पुर्‍याउन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूर दराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

शनिवार लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जेको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘सहर केन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूर दराजमा रहेका, परिवर्तनप्रति अभिरुचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउन सक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेसी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ।’

सो अवसरमा प्रधानमन्त्रीले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर