माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी छ: भट्टराई – Nepal Press

माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी छ: भट्टराई

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीसँग एकता गर्न वार्ता टोली बनाएर छलफल जारी रहेको बताएका छन् ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । दुईवटा पार्टी मात्रै नभएर अरु कम्युनिस्ट दलहरुसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरु पनि रहेको उनको भनाइ छ ।

उनले समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत् छलफल भइरहेको जानकारी दिए । संरचनामा समस्या, गरिबी, बेरोजगारले गर्दा लाखौं युवा, युवतीहरु बिदेश पलायन भएको बताउँदै भट्टराईले अबको सरकार सुशासन र समृद्धिमा केन्द्रीकृत हुने बताए ।

भट्टराई भने, ‘यी सबै क्षेत्रमा सुधारको आवश्यक रहेको छ । यो अवसर सबै दलहरुलाई ५ वर्षमा यी काम पूरा गर्ने अवसर हामीलाई छ । यदि पूरा गर्न सकिएन भने स्थिति धेरै गम्भीर हुन् सक्छ ।’

वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको धारणा व्यक्त गरे । अहिले देशमा समाजिक, आर्थिक र राजनीति अवस्था सही तरिकाले अघि नबढेको टिप्पणी गरे । वर्तमान गठबन्धन लामो समयसम्म टिक्नेमा उनी ढुक्क रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर