वन विज्ञानमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच गठबन्धन – Nepal Press

वन विज्ञानमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच गठबन्धन

पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले चुनावी गठबन्धन गरेका छन् । चैत १२ गते हुने स्ववियु निर्वाचनका लागि एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका हुन् ।

अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष र ३ सदस्य र अखिल (क्रान्तिकारी) लाई सचिव र दुई सदस्यको भागबण्डा गरिएको छ । सभापतिबाट अनेरास्ववियुबाट समिर कार्कीले उम्मेदवारी दिएका छन् । सचिवमा अखिल क्रान्तिकारीबाट धिराजन परियार, कोषाध्यक्षमा अनेरास्ववियुबाट सुस्मिता कोइरालाले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा महादेव सिंह कुश्वाह, अनिशा आचार्य, दिपा कार्की, गरिमा गुरुङ र लोकराज थापाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसनिकट नेविसंघबाट सभापतिमा मुबारक अलि गद्दीले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा किर्तन पण्डित, कोषाध्यक्षमा कीर्ति कँडेलले नेविसंघबाट उम्मेदवारी दर्ता गराएका छन् । सदस्यहरुमा सम्राट घिमिरे, दीपेन्द्र साउद, अजय कुँवर, दीपक कुमार मण्डल र सुस्मिता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

उक्त क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिएपनि स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दीका कारण निर्वाचन हुन सकेको थिएन । क्याम्पसका विद्यार्थी संगठनबिच ताला खोल्ने सहमति भएसँगै चुनावी प्रक्रिया अगाडि बढेको थियोे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर