एनसीसीमा स्ववियु निर्वाचन मतदान गर्न बसेको अनेस्ववियुका विद्यार्थीलाई गठबन्धनले लखेट्यो – Nepal Press

एनसीसीमा स्ववियु निर्वाचन मतदान गर्न बसेको अनेस्ववियुका विद्यार्थीलाई गठबन्धनले लखेट्यो

काठमाडौं । काठमाडौंको मीनभवनस्थित नेपाल कर्मश क्याम्पसमा स्वतन्त्र विद्यार्थी संघ (स्ववियु)को मतदान सुरु हुन सकेको छैन ।

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदानको समय सरेर साढे ११ बजे तय गरिएको थियो । साढे ११ बजे पनि मतदान सुरु हुन सकेको छैन ।

मतदानका लागि लाइनमा बसेका एमाले निकट अनेरास्ववियुका विद्यार्थीलाई गठबन्धनका विद्यार्थी संगठनले लखेटेका छन् । उनीहरु मतदान गर्न पाउनुपर्ने भन्दै मतदानका लागि तोकिएको समयमा लाइन बसेका थिए ।

लाइन बसेकै बेला नेविसंघ  र अखिल क्रान्तिकारीका गठबन्धनले विद्यार्थी नेताहरुले क्याम्पस प्रमुखको राजीनमा मागेका थिए । र सर्वदलीय बैठक बस्नुपर्ने अडान लिएपछि लाइन बसेका विद्यार्थीहरुलाई लखेटेका हुन् ।

अनेरास्ववियुले गुण्डागर्दी नगर्न नारावाजी गरिरहेका छन् । भने गठबन्धनका विद्यार्थीहरु पनि अनेरास्ववियु र क्याम्पसविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

One thought on “एनसीसीमा स्ववियु निर्वाचन मतदान गर्न बसेको अनेस्ववियुका विद्यार्थीलाई गठबन्धनले लखेट्यो

  1. त्यहा अरू अरू क्याम्पसवाट सहयोगमा जानुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर