आजको युग विज्ञान र प्रविधिको हो : मुख्यमन्त्री शर्मा – Nepal Press

आजको युग विज्ञान र प्रविधिको हो : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुखयमन्त्री राजकुमार शर्माले आजको युग विज्ञान र प्रविधिको युग भएको बताएका छन् ।

शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेशमा दूरसञ्चार कम्पनीले गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बनाए ।

‘हाम्रो राज्यको मूल निति नै पहिलो सिद्धान्त हो । आजको युगमा दुरसञ्चार प्रयोग गर्ने सन्दर्भमा हाम्रा समस्या कहाँ निर छन्। दुरसञ्चारले निर्भाह गर्नुपर्ने भूमिका पुरा भएको छ कि छैन’, मुख्यमन्त्री शर्माले भने, ‘यो विषयमा गम्भीर बहस र छलफल गर्न जरुरी रहेको छ ।’

साथै मुख्यमन्त्री शर्माले घर-घरमा इन्टरनेट हात-हातमा मोबाईल भन्ने नारा लगाएको धेरै समय भइनसकेको बताए । मुख्यमन्त्री शर्माले भने, ‘दुरसञ्चारले आफ्नो भूमिका पूरा गर्न सक्यो कि सकेन् भन्ने विषयको तथ्यांक राख्नुपर्छ । किनभने जनताको पसिनाको नुन पानि खाएर बाचेका छौँ। हामी जनताको कामदार हौँ । त्यसैले जनताको काम छिटो र छरितो गर्नुपर्छ ।’

यस्तै, उनले सेवा सुविधा छिटो छरितो पाउनका लागि आइटी विज्ञ नै राख्नुपर्ने हो ? नागरिक सञ्चार सेवाबाट बन्चित हुनुपर्ने हो ? पैसा तिरेर पनि सञ्चारका सेवा सुविधाबाट बन्चित किन हुनु पर्ने भन्दै प्रश्न गरेका थिए । साथै शर्माले ठाउँ-ठाउँमा टावर राखिएको हुने तर मजदुरहरुले समयमै पारिश्रमिक नपाउने र सर्वे पनि कहाँ कति खेर हुन्छ भन्ने कुरा थाहा नहुने गरेको बताए ।

कर्णाली प्रदेशमा दूरसञ्चार प्रा.लिले आफ्नो सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

यस्तै, दूरसञ्चारको समस्याहरुको जानकारी लिने, उपभोक्ताहरुलाई सूसुचित गर्ने, स्वीकृति प्राप्त सेवा प्रदायकहरुसँग स्थानीय तहमा छलफल गरी समस्याको जानकारी लिई समाधानको उपायहरुको पहिचान गर्न कर्णाली प्रदेशमा दूरसञ्चार सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रमका उद्देश्य राखिएका थिए ।

त्यस्तै, दूरसञ्चारको वास्तविक अवस्थाको बारेमा छलफल गर्ने, सेवा प्रदायक, नियमक, निकाय, उपभोक्ताहरुलाई एकै स्थानमा ल्याएर एक अर्काको समस्याहरुको छलफल, सेवा प्रदायक र सरोकारवालाहरुबीच सेवाको गुणस्तर, उपलब्धता मर्मत सम्भार र भावि योजनाहरुको सम्बन्धमा छलफल गरी प्राधिकरणले चाल्नु पर्ने भावि कदम बारे जानकारी लिइने र समग्रमा कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको अवस्थाबारे छलफल भएको थियो ।

कार्यक्रममा कर्णालीका मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, संम्बन्धित निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर