कोशी नामकरणबारे ओलीले भने- नियोजित रुपमा अशान्ति मच्चाउने प्रयास भयो, सरकार जोगाउँछौं – Nepal Press

कोशी नामकरणबारे ओलीले भने- नियोजित रुपमा अशान्ति मच्चाउने प्रयास भयो, सरकार जोगाउँछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकार जोगाउने बताएका छन् ।

मिसन ग्रासरुट अन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई एक्लाउनका लागि बाह्य शक्ति पनि लागेको बताए ।

उनले भने, ‘हामी कोशी प्रदेशको सरकार टिकाउँछौं। टिकाउछौं भन्ने मुख्य कुरा चाहिँ राप्रपा हो । हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ। अब एउटा खोज्नुपर्ने छ। किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा ।’

उनले अहिले दश दलीय गठबन्धनलाई लार्भाको संज्ञा दिने देश खान लागिपरेको बताए। एमालेलाई एक्लाउन बाह्य शक्तिहरुले पनि दशवटा टाउको जोडिदिएको बताए ।

प्रदेशसभामा चार भोटबाहेक सबैको सर्वसम्मतिले प्रदेशको नाम कोशी राख्न सफल भएको बताए। एमालेबाटै चोइटिएको कांग्रेसको पछाडि लाग्ने पार्टीले कोशी प्रदेशको विरोध गरेको बताए ।

उनले भने, ‘केही केही मान्छेहरुले भ्रम फिजाउने कोसिस गरेका छन्। अनावश्यक ढंगले विवाद खडा गर्न खोज्ने र समाजमा अशान्ति मच्चाउन खोज्ने नियोजित रुपमा कोशी प्रदेशको विरोध मात्रै गरेको छन्। त्यसैले जनतामा अन्योल सिर्जना गर्न खोजेका छन् ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर