परिक्षा केन्द्र सार्ने निर्णयप्रति अनेरास्ववियुको आपत्ति, पनिकामा तालाबन्दी – Nepal Press

परिक्षा केन्द्र सार्ने निर्णयप्रति अनेरास्ववियुको आपत्ति, पनिकामा तालाबन्दी

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगनठन अनेरास्ववियुले चैत १२ गते हुन गइरहेको स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र सारिएकोप्रति आपत्ति जनाउँदै परीक्षा नियन्त्रककाे सचिवालयमा तालाबन्दी गरेकाे छ ।

अनेरास्ववियुका उपाध्यक्ष समिरराज बिष्टले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्ववियुको निर्वाचनको परिणामले अत्तालिएर त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले चैत १२ गतेबाट हुने परीक्षाको परिक्षा केन्द्र विद्यार्थीहरुलाई दुःख दिने अभिप्रायले टाढा राखिएकोप्रति ध्यानाकर्षण गरेको हो ।

‘परिक्षा जस्तो संवेदनशिल विषयमा परिक्षा नियन्त्र कार्यालयको गैरजिम्मेवार बन्नु खेदजनक छ । अनेरास्ववियु उक्त निर्णय यथाशिघ्र फिर्ता लिन परिक्षा नियन्त्रण कार्यालय समक्ष जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीको जायज मागहरु सम्बोधन नभएमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वम् हुने चेतावनी दिएको छ ।

त्यसो त बिहीबार नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेराश्वियुले पनि संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर