बागमती सरकारबाट बाहिरिने एमालेको निर्णय – Nepal Press

बागमती सरकारबाट बाहिरिने एमालेको निर्णय

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएपछि एमालेले सरकारबाट बिदा भएर जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

बागमतीमा नेकपा एमालेको तर्फबाट थपलियासहित चारजना मन्त्री रहेका छन् ।

चारैजना मन्त्रीहरूले आज संसदमा राजीनामाको घोषणा गर्दै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर