‘ढ्यापढ्यापे’लाई आकस्मिक समयको रुपमा नियमावलीमै व्यवस्था गर्न सांसद सापकोटाको संशोधन – Nepal Press

‘ढ्यापढ्यापे’लाई आकस्मिक समयको रुपमा नियमावलीमै व्यवस्था गर्न सांसद सापकोटाको संशोधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभा बैठक सुरु हुनासाथ सांसद टेबल ढ्याप ढ्याप पारेर लिने समयलाई नियमावलीमै व्यवस्था गरेर नाम फेर्न संशोधन हालेका छन् ।

प्रस्तावित प्रतिनिधिसभा नियमावली २०७९ को मस्यौदामा संशोधन पेश गर्दै सापकोटाले ढ्यापढ्यापे समयका रुपमा तजबिजमा प्रयोग हुँदै आएको समयलाई नियमावलीमै व्यवस्था गरेर आकस्मिक समयको रुपमा प्रयोगमा ल्याउन प्रस्ताव गरेका छन् ।

शून्य समय र विशेष समयअघिको सो समयलाई नियमावलीमा व्यवस्था गर्न उनले संशोधन हालेका हुन् । त्यस्तै सभामुखको अधिकार कटौती गर्न सत्ता पक्षका अन्य सांसदले जस्तै उनले पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा मात्र सभामुखले बैठक सञ्चालन गर्न पाउने गरी संशोधन पेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर