सञ्चार जगतलाई गगन थापाको आग्रह- सामाजिक सञ्जालले निर्माण गर्ने भाष्य र फेक न्युज रोक्नुपर्छ (भिडिओ) – Nepal Press

सञ्चार जगतलाई गगन थापाको आग्रह- सामाजिक सञ्जालले निर्माण गर्ने भाष्य र फेक न्युज रोक्नुपर्छ (भिडिओ)

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट हुने ‘फेक सूचना’ र गलत भाष्य निर्माणलाई रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै महामन्त्री थापाले सामाजिक सञ्जालहरू भाष्य निर्माण गर्ने आधार बन्न नहुने बताए । उनले फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताए ।

थापाले भने- विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ । आज मेरो भूमिका फेरिएको छ, मेरै पार्टीको सरकारले भोलि त्यही विधेयक ल्याउन सक्छ तर सञ्चार क्षेत्र स्थायी प्रतिपक्ष हो ।

थापाले हिजो सरकारमा बस्नेहरू आज त्यस्ता विधेयकको विरोधमा हुने र प्रतिपक्षमा भएकाहरू समर्थक हुने अवस्था आउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर