फेरी बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रेस
२०७९ चैत ९ गते ११:०९
काठमाडौं । साताको पाँचौँ दिन बिहीबार सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधवार मात्रै २ हजार रुपैयाँले घटेको सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर