महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी – Nepal Press

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

जनकपुरधाम । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा संयुक्त विद्यार्थी गठबन्धनको प्यानलै विजयी भएको छ ।

सभापतिमा रञ्जित कुमार यादव, सचिवमा सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साह विजयी भएकी हुन् ।

सभापति, सचिव र कोषाध्यक्ष तीनैजना समाजवादी विद्यार्थी युनियनकै छन् ।

यस्तै सदस्यहरूमा गठबन्धनकै विनय कुमार यादव, मो. जकाउल्लाह, रामानन्द कुमार राम, प्रकाश कुमार यादव, कन्चन कुमारी ठाकुर, नन्दन मण्डल र राकेश कुमार यादव विजयी भएका छन् ।

जसपा निकट समाजवादी विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी र लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघ गठबन्धन गरेर चुनाव लडेको थियो ।

चैत्र ५ गते नै मतदान भएपनि विवादका कारण हिजो दिउँसोबाट मात्र मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर