वन विज्ञान अध्ययन संस्थानको स्ववियु निर्वाचन चैत १२ गते हुने – Nepal Press

वन विज्ञान अध्ययन संस्थानको स्ववियु निर्वाचन चैत १२ गते हुने

पोखरा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत १२ गते हुने भएको छ ।

निर्वाचन समितिमा लागेको तालाबन्दी खोलेर निर्वाचन प्रक्रियामा जाने सहमति भएसँगै निर्वाचन तालिका सार्वजनिक भएको हो ।

यसअघि फागुन २५ गते सम्पूर्ण विद्यार्थीको नामावली सार्वजनिक नभएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल(क्रान्तिकारी)ले संयुक्त रूपमा निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थिए । जसले गर्दा तोकिएको मितिमा निर्वाचन हुन सकेको थिएन ।

बुधवार क्याम्पसका ३ विद्यार्थी संगठनबिच निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमति भएसँगै निर्वाचन समितिले मिति तोकेर निर्वाचन प्रक्रिया सुरु गरेको हो ।

निर्वाचन समितिले चैत १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर