प्रधानमन्त्रीको दाबी- अयोग्य लडाकुलाई रकम दिने निर्णय भएको छैन – Nepal Press

प्रधानमन्त्रीको दाबी- अयोग्य लडाकुलाई रकम दिने निर्णय भएको छैन

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुहरुलाई रकम वितरण गरिने निर्णय नभएको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले बैठकमा लडाकुलाई रकम दिनेबारे कुनै निर्णय नभएको बताएको दाबी गरे ।

अयोग्य लडाकुहरुलाई रकम वितरण गरिएकोले भागवण्डामा जटिलता आएकाे हाे भन्ने जिज्ञासामा लेखकले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै लडाकुलाई रकम दिनबारेमा कुनै पनि निर्णय नभएको प्रधानमन्त्रीले भनेको बताए ।

‘आजको बैठकमा नै प्रधानमन्त्रीले पूर्वलडाकुलाई रकम दिने निर्णय भएको छैन भन्ने मैले बुझें उनले बताए’, लेखकले भने ।

सरकारले यसअघि अयोग्य लडाकुहरुलाई जनही २ लाख रुपैयाँको दरले रकम दिने भन्ने चर्चा भएकाे थियो । जसमा सत्ता गठबन्धनकै दलहरुले आपत्ति जनाएका थिए ।

बैठकमा मन्त्रिपरिषद विस्तारबारे प्रारम्भिक छलफल भएकाे लेखककाे भनाइ छ । ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘मुलतः यसकै विषयमा कुराकानी भएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर