धनगढीमा बिहीबारदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, विजेतालाई २१ लाख नगद पुरस्कार – Nepal Press

धनगढीमा बिहीबारदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, विजेतालाई २१ लाख नगद पुरस्कार

कैलाली । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदैछ । धनगढी रङ्गशालामा बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लवले प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो ।

बिहीबार दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको उद्घाटन गर्नेछन् । क्लबका महासचिव प्रकाश शाहीले उद्घाटन खेलमा नेपाल एपीएफ क्लब र बागमती क्लब भिड्ने बताए ।

प्रतियोगितामा ‘ए’ डिभिजन ६, दुई विदेशी, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर