बागमती प्रदेशसभा बैठक एकाएक स्थगित – Nepal Press

बागमती प्रदेशसभा बैठक एकाएक स्थगित

मुख्यमन्त्रीको विश्वासको मतका लागि अर्को मिति तोकियो

हेटौंडा । बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर चैत्र १० गतेसम्मको लागि स्थगित गरिएको छ ।

बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सूचना टाँस गर्दै बैठक १० गतेसम्मको लागि स्थगित भएको जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ ‘बागमती प्रदेशसभाको मिति २०७९ चैत्र ८ गते बुधबार दिउँसो ३ बजेको लागि भनिएको बैठक विशेष कारणवश माननीय सभामुखज्युले मिति २०७९ चैत्र १० गते दिउँस १ बजे बस्नेगरि निर्धारण गर्नुभएको छ ।’

१० गते बस्ने बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्तको लागि प्रस्ताव पेश गर्ने सूचनामा भनिएको छ ।

प्रतिक्रिया

One thought on “बागमती प्रदेशसभा बैठक एकाएक स्थगित

  1. काँग्रेसले नमानेकाले स्थगित भएको हो । सुदुर पश्चिममा माओवादीले काँग्रेसलाई भोट हाल्यो सहमति नभए पनि । अहिले काँग्रेसले हालेन । बिस्तारै काँग्रेसले पेल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर