दोहोरो अंकले ओरालोतर्फ नेप्से – Nepal Press

दोहोरो अंकले ओरालोतर्फ नेप्से

काठमाडौं । साताको चौंथो दिन बुधबार नेप्से दाहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा बन्द भएको छ ।

अघिल्लो दिन सोमबारमात्रै २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा कायम भएको थियो ।

आज ३७ लाख ७७ हजार ४०० कित्ता शेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा माया खोला हाइड«ोपावर, सपोर्टस माइक्रोफाइनान्स लघवित्त, एनएमबी ५०, स्वाभीमान लघुवित्त र इस्ट्रन हाइड्रोपावर रहेका छन् । सर्वाधिक गुमाउनेमा क्रमशः बोटलर्स नेपाल तराई, धौलागिरी लघुवित्त र मानुशी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । बुधबार बजार पूँजीकरण भने २७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *