ओडीआई वरीयतामा नेपाल एक स्थान उक्लियो – Nepal Press

ओडीआई वरीयतामा नेपाल एक स्थान उक्लियो

काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) को वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो ।

यसअघि १६औँ स्थानमा रहेको नेपाल नयाँ वरीयताअनुसार १५औँ नम्बरमा उक्लिएको छ । ओमानलाई पछि पार्दै नेपाल एक स्थान माथि उक्लिएको हो ।

वरीयताको पहिलो नम्बरमा भारत, दोस्रोमा न्युजिल्याण्ड, तेस्रोमा इंग्ल्याण्ड, चौथोमा पाकिस्तान, छैटौँमा साउथ अफ्रिका, सातौँमा बंगलादेश, आठौंमा बंगलादेश, नवौँमा वेष्ट इण्डिज, १०औँमा अफ्गानिस्तान, ११औँमा आयरल्याण्ड, १२औँ स्कटल्याण्ड, १३औँमा जिम्बाबे, १४औँमा नेदरल्याण्ड, १५औँमा नेपाल, १६औँमा ओमान, १७औँमा नामिबिया, १८औँमा अमेरिका, १९औँमा यूएई र २०मा पपुवा न्युगिनी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *