उपनिर्वाचनबारे छलफल गर्न लोसपाले बोलायो बैठक
नेपाल प्रेस
२०७९ चैत ८ गते १४:४२
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक भोलि दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए । उनले भने, ‘बैठकमा उपनिर्वाचन र पछिल्ला समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।’
बारा २ मा जसपाका उपेन्द्र यादव सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने प्रयासमा छन् । तर, लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने चर्चा छ ।
प्रतिक्रिया
सम्बन्धित खवर