राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या छ : मुख्यमन्त्री शर्मा – Nepal Press

राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

वुधबार वीरेन्द्रनगरमा भएको नेपाल कानून समाजद्वारा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयन समस्या भएको वित्तीय संघीयता ठीक ठाउँमा लागू नभएको र यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

‘संघीयता कार्यनयनका विषयमा प्रश्नहरु उठ्न स्वभाविक छ । प्रशासनीय संघीयताका कुरा पनि उठेका छन् । यसलाई पनि हल गर्नुपर्छ । राष्ट्र निर्माण, जनता र राष्ट्रका लागि कानून हो । यसमा चुनौती रहेका छन् । त्यसमा छलफल गर्नुपर्ने छ’, शर्माले भने ।

स्थानीय तह जग हो जगबिना कुनै पनि काम गर्ने नसकिने मुख्यमन्त्री शर्माको भनाइ छ ।

यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण जिसिले प्रशासनिक भार नपर्ने गरि कानून निर्माण गर्नु पर्ने आवश्यक रहेको बताए । ‘हामीले बनाएको कानूनले सेवाग्राहीलाई लाभ हुने तरिकाले कानून निर्माण गर्नु पर्छ’, उनले भने, ‘तीन तहका क्षेत्राधिकारहरु नबाझिने गरेर साझा अधिकारमा आपसमा समन्वय गरेर कानून निर्माण गर्नमा प्राथमिकता दिनु पर्छ ।’

ऐन कानून निर्माण नगरेर कार्यविधि मात्रै बनाएर काम गर्ने प्रचलनको अन्त्य गर्नुपर्ने मन्त्री जिसीको भनाइ छ । प्रदेशले निर्माण गरेको एकल अधिकारका विधेयकलाई छिटोभन्दा संसदमा लैजाने र त्यहाँबाट पारित गरेर संरचनात्मक विकास र स्थापनाका लागि मन्त्रालय बाट अगाडि बढाउने सोच बनाएको छ मन्त्री जिसिले जानकारी दिए ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, पालिका प्रमुख, उपप्रमुख तथा कानूनका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर