राष्ट्रिय जनमोर्चा सरकारमा नजाने – Nepal Press

राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर्चा सरकारमा नजाने भएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा सरकारमा सहभागी हुनु नपर्ने अध्यक्ष चित्रबहादुर केसीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘सरकार बनाउनका लागि विश्वासको मत दिएर समर्थन गरेका हौं । तर, समर्थन गर्दैमा सरकारमा जानुपर्छ भन्ने छैन । हामी जादैनौँ ।’

उनले यसअघि एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बन्दा विश्वासको मत नदिएको बताए ।

उनले थपे, ‘पहिला प्रचण्डजी बालकोट जाँदा विश्वासको मत दिएका थिएनौँ । तर, बालुकोटबाट फर्केपछि सरकारलाई समर्थन गरेका छौं ।’

प्रतिक्रिया

One thought on “राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

  1. सरकारबाट महिनावारी बुझ्ने, आफूलाई कम्युनिष्ट भन्ने, दिल्लीका खेतालालाई काँध थाप्ने तिम्रा दिन गए अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर