५ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
नेपाल प्रेस
२०७९ चैत ७ गते ११:४६
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुन ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर