गठबन्धन आबद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्यबारे छलफल हुने – Nepal Press

गठबन्धन आबद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्यबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्।

गठबन्धन आबद्ध दलहरूले सरकारलाई पूर्णता दिने विषयमा आजदेखि छलफल सुरु गर्ने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए।

उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मङ्गलवार बिहानबाटै छलफल सुरु गर्ने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

One thought on “गठबन्धन आबद्ध दलहरू छलफलमा जुट्दै, सत्ता सहकार्यबारे छलफल हुने

  1. हिजो सिके राउत र प्रचण्डले एमालेसँगको गठबन्धन विचार नमिलेर टुटेको र अहिलेको गठबन्धन विचार मिल्नेहरूको हो भनेछन् । त्यो कुरा चाहिँ मलाई सही लाग्यो । एमाले दिल्लीको टट्टु नबन्ने विचार भएको पार्टी हो । अहिलेका गठबन्धनमध्ये रास्वपा बाहेक अरूको हेडक्वाटर नै दिल्ली हो । विचार त मिलेन । एमाले देश बनाउने विचार भएको पार्टी हो । अहिलेको गठबन्धन देश लुटन बनेको हो । विचार त मिलेन नि । एमाले स्वाभिमान भएको पार्टी हो । गठबन्धन बेचिएकाहरूको झुण्ड हो । विचार त मिलेन । एमाले देशको विकास गर्छ । गठबन्धन विनाश गर्छ । तीन वर्षमा ओलिले गरेको अभूतपूर्व विकास र १८ महिनामा देउवाले र्याल काढेर विताएकोबाट पुष्टि हुन्छ । विचार त मिलेन । एमाले चीनतर्फ पनि बाटो बनाएर व्यापार गर्न खोज्छ । गठबन्धन दिल्ली बाहेक अरू केही देख्दैन। संख्याको आधारमा सरकार त बनाउला तर याद गर कुनै पनि गडबडी गरेमा जनताले उठनै नसक्ने गरि तह लगाउछन तिमीहरूलाई । दिल्लीले पनि यि कुडा कवाड भेला गरेर एमाले र नेपाली जनतालाई दुःख दिउला भन्ने नसोचे हुन्छ । नाकाबन्दीमा चेतेकै होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर