बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी, क्रान्तिकारी दोस्रो, नेविसंघ तेस्रो – Nepal Press

बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी, क्रान्तिकारी दोस्रो, नेविसंघ तेस्रो

रुपन्देही । लुम्बिनी प्रदेशकै सबैभन्दा पुरानो र धेरै विद्यार्थी भएको बुटवल वहुमुखीमा भएको स्ववियू चुनावमा नेकपा एमाले निकट अनेरास्ववियुले प्यानल नै जितेको छ ।

यो जितसँगै उसले ०४९ सालदेखिको आफ्नो विरासत कायम राखेको हो । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । निर्वाचन समितिले अन्तिम नतिजा सार्वजनिक नगरेपनि अनेरास्ववियुको प्यानलले करिब ५ सयको अग्रतामा जितेको स्रोतले जनाएको छ ।

अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार दुर्गा बहादुर एमसी निकटतम प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिव बहादुर खवासभन्दा करिब ५ सय बढी ल्याएर विजयी भएका छन् । नेपाल बिद्यार्थी संघका सागर पौडेल तेस्रो स्थानमा छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र बिद्यार्थी समुहका बरन्यम राज गौतमको नेतृत्वमा एउटा प्यानल,अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनका क्रान्तिकारी बिप्लवका पदम पराजुलीको प्यानल र अखिल क्रान्तिकारी बहुमतका पारस राहादीको प्यानल गरी ६ वटा संगठनबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसैगरी सचिव पदमा अनेरास्ववीयुका उम्मेदवार निलकन्ठ पाण्डेय, कोषाध्यक्ष पदमा अनेरास्ववियुका शशांक बस्याल निकटतम प्रतिस्पर्धी भन्दा धेरै मतअन्तरले विजयी भएका छन् । यस्तै सदस्य पदमा पनि अनेरास्ववीयुका नविन खनाल, सुचना भण्डारी, सुनिल कार्की, भुकम्प अर्याल, बिमल कुमार पासी, सागर एमसी र प्रज्वल बस्नेत नै फराकिलो मतान्तरले विजयीि भएका छन् ।

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ । त्यतिबेलाका सभापति खिमलाल भट्टराई एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व राष्ट्रियसभा सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर