भोजपुरको षडानन्द क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानलै विजयी – Nepal Press

भोजपुरको षडानन्द क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानलै विजयी

काठमाडौं । भोजपुरको षडानन्द बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकाे प्यानलै विजयी भएको छ ।

सभापतिमा गिरिजा कार्कीले १०८ मत पाए भने नेविसंघका डिक बहादुर बस्नेत ६६ मतमा राेकिए ।

सचिवमा राेमिला राई ८६ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियूकी मिना तामाङले ८४ मत प्राप्त गरिन् ।

कोषध्यक्षमा अनेरास्ववियुकै रेनुका वस्नेत विजयी भइन् । उनले ९६ मत पाउँदा अखिल क्रान्तिकारीकी अनिता तामाङले ७५ मत प्राप्त गरिन् ।

समानुपातिकतर्फ अनेरास्ववियूले ९२ र गठबन्धनले ७९ मत प्राप्त गरेका छन् । षडानन्द क्याम्पसमा जम्मा २०६ जना मतदाता रहेकोमा १७८ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर