पद्म कन्याको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी
नेपाल प्रेस
२०७९ चैत ६ गते ७:२२
काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् ।
उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।
यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।
यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।
प्रतिक्रिया