प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै : ११ दल पक्षमा, ३ दल विपक्षमा – Nepal Press

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै : ११ दल पक्षमा, ३ दल विपक्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन ।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको हो ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ ।

यसैगरी, नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः  यी दल विपक्षमा रहने छन् ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।

प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै : ११ दल पक्षमा, ३ दल विपक्षमा

  1. अवको गुण दोष सबैको भागिदार ११ दल हुनुपर्छ । गर्ने त यिनले देश लुटने, विदेशीको आदेश पालना गर्ने र देशको स्वाभिमान बेच्ने हो । देश चरम आर्थिक संकटमा फस्न सक्ने संभावना छ । तर यी ११ दलमा कुनै गाम्भिर्यता छैन ।

  2. चुनाव र जनचाहना !!
    ============
    आम चुनावमा :: एमाले सबै भन्दा धेरै मत, विद्यार्थीको रोजाइ एमाले, लग्भग सबै तिर जनस्तरमा ’एमाले’ भएको देखियो !!
    ::: अर्को अर्थमा जनताको रोजाइ र बिस्वाशमा एमाले भएको देखियो तर, किन अरु पार्टिहरु गठबन्दन गरेर जनताको त्यो रोजाइलाई छेक्छन !? आजको राजनीतिको मुख्य जरो छोएको प्रश्न यो हो, सबै असङति र दुरगतिको कारण पनि त्यहीं बाट बुझ्न सकिन्छ !!
    एमाले :: देशको भलाइको लागि राजनीति गर्छ !!
    गठबन्दन :: बिदेशी खुशी पारेर आर्जन गर्ने राजनीति गर्छ !!
    :: फरक यत्ती हो र यहिं मुलबिन्दुबाट सुरु भएका कित्तामा बिभाजित छ राजनीतिक आकाश : बिदेशी ईशारामा मतियार बनेर बिष बर्षाउदै गठबन्दन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर