पाल्ही बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल विजयी – Nepal Press

पाल्ही बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल विजयी

लुम्बिनी । पश्चिम नवलपरासीको रामग्राम ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको पुरै प्यानल विजयी भएको छ । प्रत्यक्षतर्फ जनमत विद्यार्थी संघले कब्जा जमाएको हो भने समानुपातिक तर्फ पनि धेरै मत ल्याउन सफल भएको छ ।

स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मि २८ मतअन्तरले विजयी भएका छन् । कुर्मिले १ सय २८ मत ल्याउदा निकटतम प्रतिद्धन्दी अनेरास्ववियु सहितको संयुक्त प्यानलका कृष्ण पटेलले १ सय मत पाए । त्यस्तै नेविसंघका सुनिल कुमार गौडले अध्यक्षमा जम्मा ९८ मत पाएका छन् ।

यसैगरी सचिवमा पनि जनमत विद्यार्थी संघका प्रेम सागर यादव १ सय ४५ मत ल्याएर विजयी भए । सचिवमा नेविसंघका शिव प्रसाद हजामले ९६ र अनेरास्ववियुको संयुक्त प्यानलकी रामाकान्ती थारुले ७९ मत पाइन् ।

कोषाध्यक्षमा जनमत विद्यार्थी संघका सितु कुमारी पटेल १ सय ३० मत ल्याएर विजयी हुँदा नेविसंघका प्रतिमा यादव र संयुक्त प्यानलका प्रविन कुमार हरिजनले समान ९७ मत ल्याएर पराजित भए ।

यस्तै सदस्यहरुमा पनि जनमत विद्यार्थी संघका सबै विजयी भएका छन् । प्रत्यक्षतर्फ सदस्यमा सामलाल लोनिया, अमित कुमार सहानी, सदानन्द कुमार नाउ, जवाहिर गुप्ता र शिवसागर गिरी विजयी भएका छन् ।

यसैगरी समानुपातिक प्रणाली अन्तर्गत जनमतले सबैभन्दा बढी १ सय ४७ मत पाएको छ । नेविसंघले १ सय २ मत पाउँदा अनेरास्वियु सहितको संयुक्त प्यानलले जम्मा ७९ मत प्राप्त गरेका छन् ।

समानुपातिकको सात सदस्य मध्ये जनमतले ३, नेविसंघ र अनेरास्ववियु प्यानलले २÷२ सदस्य पाएका छन् । पाल्ही क्याम्पसमा कुल ३ सय २९ मत खसेको थियो । जसमध्ये ९४ छात्र र २ सय ३५ छात्रा रहेको निर्वाचन संयोजक सुर्यनाथ दास पटेलले जानकारी दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर